इटालीका बलरसामु नेपाल निरीह, १२३ रनमा सीमित « Khabarhub

इटालीका बलरसामु नेपाल निरीह, १२३ रनमा सीमित


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह बनेका छन् ।

नेपाली ब्याटरहरु चल्न नसक्दा इटलीले जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ । भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

इटलीका क्रिशन कालुगामेजले सर्वाधिक तीन विकेट लिए । बेन मानेन्टीले दुई विकेट लिँदा अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए ।

नेपालबाट सर्वाधिक रन बनाउने आरिफ शेख हुन् । उनले २४ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । ओपनर कुशल भुर्तेल आजको खेलमा चल्न सेकनन् । १० बल खर्चेर उनले ५ रन जोडे ।

उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भए । रोहितले १४ बलमा २३ रन जोड्न २ छक्का प्रहार गरे ।

तेस्रो विकेटका रुपमा आशिफ शेख ७ ओभरको दोस्रो बलमा आउट हुँदा नेपाल ४९ रनको कमजोर अवस्थामा थियो । आशिफले २० बलमा २० रन मात्रै जोडे । १३ ओभरमा पाँचौ बलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आउट भए ।

चौथो विकेटका रुपमा उनी आउट हुँदा नेपाल ९६ रनको कमजोर अवस्थामा थियो । दीपेन्द्र आउट भएपछि नेपालको ब्याटिङ लोकेश बम, आरिफ शेख र गुल्सन झाको भरमा थियो । आरिफले २७ रन जोडे ।

लोकश र गुल्सनलाई इटलीका बलरले क्रिजमा टिक्नै दिएनन् । यी दुई ३–३ रनको अवस्थामा आउट भए । करण केसीले ब्याटिङ उकास्न प्रयास गरे । उनले ११ बलमा १८ रन जोड्न एक चौका र १ छक्का प्रहार गरे ।

समग्रमा नेपालका सुरुवाती क्रमका ब्याटरहरुले टिक्न नसक्दा नेपालको ब्याटिङ दबाबमा पर्दै गएको थियो । १४ आभेरपछि दबाबमा परेको ब्याटिङ उकास्नु पर्ने जिम्मेवारीका साथ क्रिजमा गएका ब्याटरहरु टिक्न नसक्दा नेपाल निरीह बन्न पुग्यो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ४ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर