सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु  « Khabarhub

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु 


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

दुर्घटनापछि मृतकको  शव बरामद भई सकेको र उनीहरूको नाम सूचीबद्ध गरेको तथा केही यात्रु अझै बेपत्ता रहेको बताइएको छ ।

स्थानीय सरकारको विज्ञप्तिमा डुङ्गा तैबा अल–खवाद र दिम अल–कराई गाउँहरू बिचको नदी पार गर्दै गर्दा दुर्घटनामा परेको उल्लेख गरिएको छ यद्यपि  दुर्घटनाको कारण भने उल्लेख गरिएको छैन । 

प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले डुङ्गामा ३० जना सवार रहेको बताएको छ । सुडानीज डक्टरस नेटवर्कले एक विज्ञप्ति मार्फत डुङ्गामा सवार छ जना यात्रुहरू जीवित रहेको जनाएको छ । 

नेटवर्कले उक्त घटनाले ‘नदी यातायातको नाजुकता र आधारभूत सुरक्षा आवश्यकताहरूको अभाव, अधिकारीहरू र नागरिक सुरक्षा उद्धार टोलीहरूको पूर्ण अनुपस्थिति ‘ उजागर गरेको छ ।

सुडानीहरू एकल–इन्जिन डुङ्गाहरू मार्फत एकल अपरेटरहरूको नेतृत्वमा नदी पार गर्ने गर्छन भने लगभग तीन वर्षदेखि चलिरहेको युद्धका कारण देशको पूर्वाधार ध्वस्त हुँदै गएको छ ।

युद्धले देशलाई सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिच विभाजित गरेको छ, भने सार्वजनिक सेवा , चिकित्सा र शैक्षिक पूर्वाधारमा गम्भीर गिरावट आएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ५ : ४३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली