कुलतमा फ‌सेको युवतीको भूमिकामा अभिनय गर्न मन छ: सुमी मोक्तान « Khabarhub

कुलतमा फ‌सेको युवतीको भूमिकामा अभिनय गर्न मन छ: सुमी मोक्तान


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुमी मोक्तान चलचित्र ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदै छिन् । नृत्यका कारण सुमीको चर्चा राम्रै हुने भए पनि उनले अभिनयमा भने खासै दम देखाउन सकेकी छैनिन् । ‘सरौतो’ बाट भने उनी आशावादी छिन् । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

सुमी भन्छिन्, ‘यो फिल्मका लागि मैले झण्डै डेढ वर्ष मार्सल आर्ट सिकेँ, काम पनि सोचेभन्दा राम्रो भएको छ ।’

यो फिल्ममा सुमीलाई कान नसुन्ने युवतीको भूमिकामा देख्न सकिनेछ । यो फिल्ममा उनले अहिलेसम्मकै फरक भूमिकामा देखाउन सकिने सुमीको दाबी छ ।

‘यो फिल्ममा म पहिलो दिनदेखि नै छु, फिल्मप्रति मलाई पूरै विश्वास छ,’ खबरहबसँगको कुराकानीमा सुमीले भनिन्, ‘यो फिल्मपछि त झन् अब त जटिल फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।’

‘सरौतो’ मा आफ्नो भूमिका दर्शकले मन पराउने सुमीको दाबी छ । बोल्ड नायिकाका रुपमा पनि चिनिने सुमीले कुलतमा फसेकी युवतीको भूमिकामा काम गर्न चाहेको पनि बताइन् । ‘मलाई लागूऔषधमा फसेकी युवतीको भूमिकामा अभिनय गर्न मन छ,’ उनले सुनाइन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ३१ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै