कुलतमा फ‌सेको युवतीको भूमिकामा अभिनय गर्न मन छ: सुमी मोक्तान « Khabarhub

कुलतमा फ‌सेको युवतीको भूमिकामा अभिनय गर्न मन छ: सुमी मोक्तान


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुमी मोक्तान चलचित्र ‘सरौतो’ मार्फत दर्शकमाझ आउँदै छिन् । नृत्यका कारण सुमीको चर्चा राम्रै हुने भए पनि उनले अभिनयमा भने खासै दम देखाउन सकेकी छैनिन् । ‘सरौतो’ बाट भने उनी आशावादी छिन् । फिल्ममा सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

सुमी भन्छिन्, ‘यो फिल्मका लागि मैले झण्डै डेढ वर्ष मार्सल आर्ट सिकेँ, काम पनि सोचेभन्दा राम्रो भएको छ ।’

यो फिल्ममा सुमीलाई कान नसुन्ने युवतीको भूमिकामा देख्न सकिनेछ । यो फिल्ममा उनले अहिलेसम्मकै फरक भूमिकामा देखाउन सकिने सुमीको दाबी छ ।

‘यो फिल्ममा म पहिलो दिनदेखि नै छु, फिल्मप्रति मलाई पूरै विश्वास छ,’ खबरहबसँगको कुराकानीमा सुमीले भनिन्, ‘यो फिल्मपछि त झन् अब त जटिल फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।’

‘सरौतो’ मा आफ्नो भूमिका दर्शकले मन पराउने सुमीको दाबी छ । बोल्ड नायिकाका रुपमा पनि चिनिने सुमीले कुलतमा फसेकी युवतीको भूमिकामा काम गर्न चाहेको पनि बताइन् । ‘मलाई लागूऔषधमा फसेकी युवतीको भूमिकामा अभिनय गर्न मन छ,’ उनले सुनाइन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ३१ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर