बंगलादेश निर्वाचन : बीएनपीलाई बहुमत, तारिक रहमान बन्दै प्रधानमन्त्री « Khabarhub

बंगलादेश निर्वाचन : बीएनपीलाई बहुमत, तारिक रहमान बन्दै प्रधानमन्त्री


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले बहुमतसहित ऐतिहासिक जित हासिल गरेको छ। ३०० सदस्यीय संसद्मा बीएनपीले १८५ सिट जित्दै साधारण बहुमतको सीमा पार गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बिहीबार सम्पन्न मतदानपछिको मतगणना शुक्रबार बिहानसम्म जारी रहँदा बीएनपी दुई तिहाइ बहुमत नजिक पुगेको देखिएको छ। पार्टीका नेताहरूले २०० सिटभन्दा बढी जित्ने दाबी गरेका छन्।

यो निर्वाचन सन् २०२४ मा युवापुस्ताको नेतृत्वमा भएको आन्दोलनपछि भएको पहिलो संसदीय चुनाव हो, जसले तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको थियो। लामो समयसम्म सत्तामा रहेको अवामी लिग यस पटक निर्वाचनमा सहभागी हुन पाएको थिएन।

बीएनपीका प्रमुख नेता तथा सम्भावित प्रधानमन्त्री उम्मेदवार तारिक रहमानले गरिब परिवारलाई आर्थिक सहयोग, एक व्यक्तिलाई अधिकतम १० वर्ष मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था, वैदेशिक लगानीमार्फत अर्थतन्त्र सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणका नीति अघि सारेका थिए।

यस्तै बीएनपीका मुख्य प्रतिस्पर्धी जमात-ए-इस्लामीले ५६ सिट जितेको छ। पार्टी प्रमुख शफिकुर रहमानले पराजय स्वीकार गर्दै सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

निर्वाचनलाई पछिल्ला वर्षहरूकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ। ५० भन्दा बढी दल र करिब दुई हजार उम्मेदवार प्रतिस्पर्धामा थिए। मतदान प्रतिशत ६० प्रतिशतभन्दा माथि पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो निर्वाचनको ४२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।

निर्वाचनसँगै संवैधानिक संशोधनसम्बन्धी जनमतसंग्रह पनि गरिएको छ। प्रस्तावित सुधारमा निर्वाचन अवधिमा तटस्थ अन्तरिम सरकार गठन, द्विसदनीय संसद् व्यवस्था, महिलाको प्रतिनिधित्व वृद्धि, न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरण तथा प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा निर्धारणजस्ता प्रावधान समावेश छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : २२ बजे

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो