निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो « Khabarhub

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती दुई सातामा ८ करोड ७२ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको निर्देशक चन्द्र पन्तले दाबी गरेका छन् ।

माघ १६ देखि २९ दिनसम्म फिल्मले उक्त ग्रस कलेक्सन गरेको पन्तको दाबी हो । उनले भने, ‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ। देशभरका अधिकांश हलमा दर्शकको साथ छ। व्यापारअझै बढ्दैछ। भोली शनिबार अझै दर्शक बढ्ने देखिन्छ।’

पन्तका अनुसार घरेलु बजारमा यो फिल्मले ६ करोड ६ लाख ग्रस कलेक्सन गरेको छ । विदेशी बजारमा १ करोड ६६ लाख ग्रस कलेक्सन कटाएको छ ।

फिल्म शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

कात्तिक यता लगातर नेपाली फिल्महरुको व्यापार कमजोर रहेको अवस्थामा ‘आबाट आमा’ बक्सअफिसमा बलियो देखिएको छ ।

पछिल्लो समय प्रदर्शनमा आएको हिट फिल्म ‘परान’ हो । त्यसता कुनै पनि फिल्म हिट बन्न सकेका थिएनन् ।

लगातार फिल्महरु फ्लप भएपछि बक्स अफिस चिसिएको चर्चा चलिरहेको छ । यो अवस्थामा ‘आबाट आमा’ भने केही हदसम्म दर्शकलाई हलसम्म तान्न सफल भएको छ ।

आर्या इन्टरटेन्मेन्टको व्यानरमा बनेको यो फिल्मको कथा र पटकथा निर्देशक पन्तकै हो ।

फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : २८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा