प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा « Khabarhub

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रणय दिवसका अवसरमा शनिबार अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका बेला केही युवाले भने दिनलाई फरक ढंगले मनाएका छन्।

लायन्स लियो क्लब अफ काठमाडौं निर्वणाका युवाहरूले राजधानीस्थित पशुपति वृद्धाश्रम मा पुगेर वृद्धवृद्धाको सेवा गरेका हुन्।क्लबका सदस्यहरूले वृद्धवृद्धाको हेरचाह गर्दै उनीहरूसँग समय बिताए, माया साटासाटसँगै आवश्यक सहयोग प्रदान गरे।

कार्यक्रम संयोजक राजन खनालका अनुसार प्रणय दिवसलाई केवल फूल साटासाट, डेटिङ, डिस्को र क्याफेमा सीमित नगरी सामाजिक भावनासहित मनाउने उद्देश्यले सेवा कार्यक्रम आयोजना गरिएको हो।

उनले भने, ‘प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनेभन्दा हामीले सामाजिक भावनाले पशुपतिमा रहनुभएका वृद्धवृद्धाको सेवा गर्ने निर्णय गरेका हौं।’

उनका अनुसार युवाहरूको सहभागिताले वृद्धवृद्धामा उत्साह थपिएको थियो। क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १२ : ५७ बजे

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी