झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण « Khabarhub

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा मतदान गर्नुपर्ने ३० कारण प्रस्तुत गरेको छ । एमालेको झापा–५ क्षेत्रीय कमिटीले सार्वजनिक गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षकदरबन्दी मिलानसम्मका विषयहरु समेटिएको छ ।

केपी शर्मा ओलीलाई नै भोट किन ? शीर्षकमा जारी गरिएको अपिलमा जनताका खोसिएको अधिकार पुनर्बहालीका लागि पनि ओलीलाई जिताउनु पर्ने उल्लेख छ ।

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ ।

‘नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ’ अपिलमा भनिएको छ ‘दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकिकरण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि ओललाई मतदान गर्नुपर्दछ ।’

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ४ : ४२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग