कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म  « Khabarhub

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।

उज्यालोले निःशुल्क उपचारदेखि मानसिक स्वास्थ्य सेवा र स्थानीय तहमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

हरेक नागरिकलाई तोकिएको स्वास्थ्य संस्थामार्फत् निःशुल्क उपचार सेवा उपलब्ध गराउने योजना पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा अघि सारेको छ ।

यस अभियानअन्तर्गत विशेषगरी कुपोषणबाट प्रभावित महिला तथा बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । 

यसका साथै दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मोबाइल क्लिनिक र टेलिमेडिशिन सेवा सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै पार्टीले प्रत्येक वडामा मनोसामाजिक परामर्शदाताको सेवा उपलब्ध गराउने व्यवस्था गर्ने जनाएको छ ।

पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा यस्तो सेवा समुदायस्तरमै उपलब्ध गराउने लक्ष्य राखिएको पार्टीले जनाएको छ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ । 

प्रत्येक स्थानीय तहमा कम्तीमा एकजना विशेषज्ञ चिकित्सक हाडजोर्नी, स्त्रीरोग तथा बालरोग विशेषज्ञ राख्ने व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ । यसले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध भई नागरिकले सहज र गुणस्तरीय उपचार पाउने विश्वास पार्टीले व्यक्त गरेको छ ।

उज्यालो नेपाल पार्टीले यी कार्यक्रममार्फत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचभित्र ल्याउने, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्ने र समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : १२ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा