आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति « Khabarhub

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी छन् । उनले महाशिवरात्रिको अवसर पारेर आइतबार एक कार्यक्रममा फिल्म ‘माया भनेको यस्तै होला’ निर्माणको घोषणा गरेकी छन् ।

रेखाले दुई मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहलाई शीर्ष भूमिकामा लिएकी छन् । फिल्ममा उनीहरूका साथै मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठ मुख्य भूमिकामा रहनेछन् ।

रेखाको तेस्रो निर्देशनमा ‘माया भनेको यस्तै होला’ बन्न लागेको हो। यसअघि उनले आफ्नै ‘होम ब्यानर’बाट ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन्।

उनले पहिलो पटक बाहिरी ब्यानरको फिल्म निर्देशन गर्न लागेकी हुन्। यो फिल्म ‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा बन्ने बताइएको छ।

निर्माण घोषणासँगै फिल्मका दुई पोस्टर पनि सार्वजनिक गरिएको छ। एउटा पोस्टरमा नायक दिल श्रेष्ठ, नीति र सृष्टि प्रेम सम्बन्धमा रहेको जस्तो देखिन्छ। नम्रता भने दिलको स्त्री मोह चरित्रप्रति असन्तुष्ट रहेको पोस्टरमा झल्किन्छ।

अर्को पोस्टरमा मदनकृष्ण र दिल फिचर्ड छन्, जहाँ मदनकृष्ण ह्विलचियरमा देखिन्छन् । यसले मदनकृष्ण र दिल बाबु–छोराको भूमिकामा रहेको सङ्केत गर्छ ।

रेखाका अनुसार यो फिल्मको छायाङ्कन फागुन दोस्रो साताबाट सुरु हुनेछ। वि.सं. २०८३ सालको तीज लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने उनको लक्ष्य छ। यो फिल्मको स्क्रिप्ट ध्रुव लम्सालले लेखेका हुन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ४ : २६ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा