६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन « Khabarhub

६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो। मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए।

उनले भने, “राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन्। दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ।”

यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ। अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको विकास कोषका प्रवक्ता जोशीले बताए।

पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत तयारी राखिएको छ। भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि दश जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन्।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। आज भगवान् शिवको प्रियवस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ।

यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ। महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छभने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमान्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : २३ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि