घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन « Khabarhub

घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरका मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ सङ्कलन भएको थियो ।

त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ३० बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज