थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ « Khabarhub

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु (भन्ते)हरुको टोली लुम्बिनीतर्फ लागेको छ ।

आइतबार ४ः४५ बजे भरतपुरको महाबौद्ध गुम्बा तीनखोले आइपुगेको २५ जना भिक्षुको टोली आज बिहान नारायणगढको पुलचोक हुँदै गैँडाकोटको बाटोबाट लुम्बिनीतर्फ लागेको हो ।

थाइल्यान्डबाट सुरू गरेको यात्रा ५२ दिनपछि आइतबार चितवन आइपुगेको थियो । आज ५३ औँ दिनमा यहाँबाट लुम्बिनीतर्फ लागेको हो । बौद्ध धर्म सेवा समिति तिनखोलेले उहाँहरुलाई आइतबार स्वागत गरी गुम्बामा राखेको थियो । समितिका अध्यक्ष दलबहादुर गुरुङ्का अनुसार आज बिहान उनीहरुलाई बिदाइ गरिएको हो ।

गुरुङका अनुसार थाइल्यान्डबाट भारतको आसाम, त्रिपुरा हुँदै नेपालको लुम्बिनीसम्मको यात्रामा टोली यहाँ आइपुगेको हो । यात्राको संयोजन गरिरहेका भिक्षु मेधङ करेस्थ स्थवीरका अनुसार ‘शान्तिका लागि धम्म यात्रा, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने नारासहित भन्तेको टोली नेपाल यात्रामा आएको हो ।

विश्व यात्रामा निस्किएका पाँच समूहमध्ये एउटा समूह नेपाल आइपुगेको उहाँले जानकारी दिए। विश्वमा विभिन्न कारणले हुँदै आएको हत्या, हिंसा तथा आपराधिक गतिविधि रोक्नका लागि शान्तिको कामनासहित उहाँहरु यात्रामा निस्किएका हुन् । उनले भने, “भन्तेहरुले यतिका दिनसम्म बडो कष्टपूर्ण यात्रा गरिरहनुभएको छ । हामी प्राणी जगत्कै हितका लागि उहाँहरुले कठोर यात्रा गरिरहनुभएको छ । यसबाट शान्ति, अहिंसा र नैतिक जीवनको सन्देश फैलाउन मद्दत पुग्छ ।”

नेपाल प्रवेश गरेको सातौँ दिनमा चितवन आइपुगेको टोलीले नेपालमा मात्रै लुम्बिनीसम्मको ३१९ किलोमिटर पदयात्रा तय गर्नेछ । नेपाल भित्रिएको १५औँ दिनअर्थात् २२ फेब्रुअरीसम्म हुने यात्राका लागि बाटोमा पर्ने गुम्बा तथा बौद्ध विहारहरुसँगको समन्वयमा ठाउँ–ठाउँमा भेटघाट तथा विश्राम गर्दै आएका छन् ।

एकदिनमा करिब ३५ किलोमिटर यात्रा तय गर्दै आएका उनीहरुलाई चितवनको बसाइमा महाबौद्ध गुम्बाले व्यवस्था गरेको थियो । समितिका अध्यक्ष गुरुङ्ले विश्व यात्रामा निस्किएका भन्तेहरुलाई ऐतिहासिक गुम्बामा स्वागत गर्न पाउँदा गुम्बा परिवार असाध्यै खुसी भएको बताए ।

थाइल्यान्डबाट करिब पाँच हजार किलोमिटर यात्रामा निस्किएका भन्तेहरुलाई चितवनवासी शुभेच्छुकहरुले भरतपुरको गोन्द्राङबाट स्वागत गरेर गुम्बासम्म पैदलयात्रासँगै गरेका थिए । यहाँबाट पुलचोकसम्म आज पुर्याएका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : १० बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा