मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

खेलको ९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि ३० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष श्रेष्ठले निर्णायक गोल गरे । कर्नरबाट आएको बललाई श्रेष्ठले हेड गर्दै बललाई जाली चुमाए ।

खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर हालेका थिए । खेलमा निर्णायक गोल गरेका मनाङका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

पाहुना टोली थण्डरबोल्डका प्रशिक्षक आशिष क्षेत्रीले मनाङजस्तो राम्रो टिमसँग आफ्ना खेलाडीले राम्रो खेल प्रस्तुत गरेको बताए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल मङ्गलबार प्लानिङ ब्वाइज युनाइेट र उज्वेकिस्तानको आभा फुटबल क्लबका बीचमा खेल हुनेछ ।

यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : १७ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम