अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै « Khabarhub

अध्यक्ष ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछन्।

निर्वाचन प्रचारका क्रममा रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ ।

प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिए।

अमरसिंह चौकमा आयोजना हुने चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक हुने दाहालले जानकारी दिए। अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से, टुकुरेमा प्रचारप्रसारको कार्यक्रम छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ११ : ३८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर