मकै पोलेर आम्दानी « Khabarhub

मकै पोलेर आम्दानी


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री गर्दै आएकी छिन् ।

मकै पोलेरै जीविका चलाउँदै आएकी उनलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उनका अनुसार २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा ५० मा बिक्री भइरहेको छ । उनीसँगै मकै पोल्ने कानेपोखरी–५ की दुर्गामाया तामाङ भन्छिन्, ‘व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदो छ ।’

बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनि सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका कुँवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बताए ।

कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन् ।

केही वर्षयता यस स्थानमा पोलेको मकै रूचाउनेको भीड नै लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ ।

भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आउनुभएको छ । पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीप्रति किसानको आकर्षण बढ्दो छ । मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन् । (रासस)

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १२ : ०५ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर