जितु र बरुणको भेट किन चर्चामा छ ? « Khabarhub

जितु र बरुणको भेट किन चर्चामा छ ?


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन भेटको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

जितु र बरुणको भेढट मुम्बईको वाईआरएस स्टुडियोमा भएको हो । भेटमा जितुलाई पशुपतिनाथको प्रसाद स्वरुप रुद्राक्षको माला दिए । बरुणले जितुलाई फिल्म ‘आई एम जितबहादुर’को सफलताको शुभकामना दिए ।

जितु भन्छन्, ‘वरुणसँग भेट हुने थाहा भएरै मैले पशुपतिबाट माला लगेको थिएँ ।’

बरुणसँगको भेटको तस्बिर जितुले नै सामाजिक सञ्जालमा राखेका छन् ।

जितु ‘आई एम जितबहादुर’ पोस्ट प्रोडक्सनको कामका लागि मुम्बईमा छन् । वाईआरएस स्टुडियोमा डबिङको काम भइरहेको छ । बरुण पनि त्यही आफ्नो फिल्म ‘ए जवानी हे तो प्यार होनाही हे’को डबिङका लागि उक्त स्टुडियोमा पुगेका हुन् । त्यही उनीहरुलको भेट भएको हो ।

वाईआरएस स्टुडियोमा बलिउडका स्थापित मेकरहरुले पनि डबिङको काम गर्छन् ।

जितुको फिल्मको निर्देशक सुवेन्दु घोष भारतीय हुन् । उनले विभिन्न बलिउड फिल्ममा काम गरेका छन् । उनले जितुलाई बरुणसँग परिचित गराएका थिए ।

त्यही प्रसंगमा खिचिएको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १२ : ५७ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा