पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता  « Khabarhub

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका उम्मेदवार पार्वत गुरुङको आफ्नै गाउँमा टेलिफोन टावर ल्याइदिने प्रतिबद्धता जनाएका छन् । 

चुनावी अभियानका क्रममा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५, सुरी पुगेका शिवाकोटीले त्यहाँ मोबाइल नेटवर्कको गम्भीर समस्या भोगेपछि संसद भएर गएपछि यो प्रतिबद्धता पूरा गर्ने वाचा गरेका हुन् ।

सुरी पुग्दा आफ्नो गाडीमा केही समस्या आएको र पछाडि छुटिरहेका साथीहरूलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा नेटवर्क नभएर फोन नलागेको अनुभव उनले सुनाए ।

शिवाकोटीले भने, ‘हामी यात्रामा थियौँ, गाडी कहाँ छ भनेर बुझ्न खोज्दा मोबाइलमा सिग्नल नै थिएन। यस्तो ठाउँमा सञ्चारको यो हालत देख्दा मलाई अचम्म लाग्यो ।’

स्थानीय बासिन्दाका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएकाले चरीकोट वा हनुमन्ते डाँडाका टावरले यहाँ काम गर्दैनन् । नेटवर्क खोज्नकै लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । 

उनले भने, ‘यहाँ चाहिँ चारैपट्टी डाँडा छ । हनुमन्ते डाँडाँको नेटवर्कले भ्याउनुपर्ने कि चरीकोटकोले भ्याउनुपर्ने समस्या छ । कहीँ टावर वरपर देखिँदैन । त्यो समस्याले गर्दा टावर पनि छैन । हाम्रो मोबाइलमा नेटवर्क नै आउँदैन । हामीले नेटवर्क कहाँ छ भनेर खोज्न जानुपर्ने अवस्था छ ।’

एक वृद्धाले हातमा मोबाइल बोकेर गीत सुन्न मात्रै ठिक्क भएको भन्दै नेटवर्क आक्कलझुक्कल मात्रै आउने सुनाइन् । अर्का स्थानीयले सञ्चार मात्र नभई यो क्षेत्रमा बस सेवासमेत नपुगेको गुनासो गरे ।

गौरिशंकर वडा नम्बर ५ सुरी पूर्व संचारमन्त्री पार्वत गुरुङको आफ्नो गाउँ हो । तर संचारमन्त्री भैसकेको मानिसको गाउँमै टेलिफोनको असुविधा, नेटवर्कका कारण सञ्चार सम्पर्क नहुने अवस्था छ । सञ्चार मन्त्रालय सम्हालिसकेका व्यक्तिकै गाउँमा अहिलेसम्म टेलिफोनको असुविधा हुनु दुःखद रहेको शिवाकोटीले बताए ।

उनले भने, ‘म प्रतिनिधि सभाको उम्मेदवार छु । म जितेर गएपछि गर्ने पहिलो काम नै सुरी र यस आसपासका क्षेत्रलाई टेलिफोन नेटवर्कमा जोड्ने हुनेछ। म पार्वत दाइलाई समेत सहजै फोन गर्न मिल्ने गरी सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेर अर्को वर्ष यहाँ टावर ठड्याउने छु। यो मेरो प्रतिबद्धता हो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : १० बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४