बालेन र रविबारे केपी ओलीको टिप्पणी : स्टन्टबाज र पपुलिस्टहरूले फाइदा लिन थाले « Khabarhub

बालेन र रविबारे केपी ओलीको टिप्पणी : स्टन्टबाज र पपुलिस्टहरूले फाइदा लिन थाले


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमक-आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ लाई केन्द्रित ४२ बुदे प्रतिबद्धता पत्र ल्याएका छन् ।

मुख्य चारवटा क्षेत्र छनौट गरिएको प्रतिबद्धता पत्रमार्फत् ओलीले नयाँ भनिएकाहरूको पनि आलोचना गरेका छन् । सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रबारे चर्चा गरेका उनले बालेन्द्र साह र रवि लामिछानेमाथि प्रहार गरेका छन् ।

उनले प्रतिबद्धता पत्रको ‘स्टन्टबाजी र पपुलिस्ट चरित्र’ शीर्षकमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाज र पपुलिस्टहरूले अहिलेको परिस्थितिको फाइदा लिन थालेको पनि जनाएका छन् ।

उनले रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता साहतिर लक्षित गर्दै यस्तो बताएका हुन् । ‘स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन, नीति, कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुन्छ’, उनले भने, ‘चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको छ।’

त्यसैगरी उनलले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यमले पनि गलत र तथ्यहीन कुरा प्रशारण गर्दा मानिसका दिमागमा भ्रम पार्न सफल भएको बताएका छन् ।

‘कृत्रिम बुद्धिमत्ता (एआई) को नियमनमा कानुन अभावमा व्यापक दुरूपयोग भएको छ’, उनले भनेका छन्, ‘त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको भनिएको छ।’

अहिले झापा ५ मा बालेन्द्रले अध्यक्ष ओलीलाई चुनौती दिइरहेका छन्। रवि र बालेन दुवैले एमाले र अध्यक्ष ओलीलाई लक्षित गरी घेराबन्दी गरिरहेको सन्दर्भमा यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : ४१ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा