कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन « Khabarhub

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ नेकपा (एमाले) का युवा उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने लाई समर्थन गर्ने निर्णय गरेको छ।

आफ्नो उम्मेदवार नभएको अवस्थामा संयुक्त सोमबार यस्तो निर्णय गरेको हो । हालको राजनीतिक चुनौतीपूर्ण परिस्थितिमा राष्ट्र निर्माण र समाजवादतर्फको यात्रालाई अगाडि बढाउन समान विचार र सिद्धान्त नजिक रहेका उम्मेदवारलाई सहयोग गर्ने नीति अनुसार उक्त निर्णय गरिएको संयुक्तले जनाएको छ।

देश अहिले निर्वाचनको माहोलमा प्रवेश गरिसकेको र विभिन्न राजनीतिक दलहरू आ–आफ्ना एजेन्डा लिएर जनतामाझ गएको उल्लेख गर्दै राष्ट्रिय पुँजीको विकास, समाजवादी दिशातर्फको अग्रसरता तथा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण सबैको साझा जिम्मेवारी भएको संयुक्तले जनाएको छ।

समानुपातिकतर्फ आफ्नै उम्मेदवारी कायम रहेको स्पष्ट गर्दै पार्टीसम्बद्ध मतदाता तथा कार्यकर्तालाई समानुपातिकमा चुनाव चिह्न ‘हँसिया हथौडा’ मा मतदान गर्न उसले भनेको छ। प्रत्यक्षतर्फ न्यौपानेलाई सहयोग गर्न निर्देशन समितिले दिएको छ।

जिल्ला समितिका संयोजक प्रेमलाल चौधरीलले पार्टीका कार्यकर्तालाई अनुशासित र संगठित ढंगले चुनावी गतिविधिमा सहभागी हुन भनेका छन् ।

संयुक्तको निर्णयसँगै कैलाली जिल्ला क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण देखिने सम्भावना बढेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : ५७ बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई