रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश « Khabarhub

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

चुनावी घरदैलोमा रहेका नेकपा नेता वर्षमान पुन अनन्तले सुनछहरी गाउँपालिका ६ फगाममा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पुन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन्।

विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना र मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला सदस्य भुलबहादुर पुन पार्टी प्रवेश गरे । पुन ०८९ मा वडाअध्यक्षका उम्मेदवार थिए ।

यसअघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिना नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

नेता पुनले नवप्रवेशीलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिने बताए । यस्तै उनले जिल्लाको विकासका लागि थालिएका चालु योजना सम्पन्न गर्न सहजीकरणका लागि आफूलाई मत दिएर जिताउन आग्रह गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ५८ बजे

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल