रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा « Khabarhub

रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्ने भएकी छन्।

शर्मा बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तय भएको छ । सोही कार्यक्रमबाट उनी कांग्रेसमा समाहित हुने जनाइएको छ।

शर्माले  “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यमा समेत नरहने गरी आजै राजिनामा दिएकी हुन् ।

उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । 

उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकोले आफू यी सबै क्रियाकलापको साक्षी बसेर अब मौन रहिरहन नसकेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : ३१ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत