कपिलवस्तुमा तनाव– प्रहरीको गोली लागेर एक युवाको मृत्यु « Khabarhub

कपिलवस्तुमा तनाव– प्रहरीको गोली लागेर एक युवाको मृत्यु


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर– हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे छन् ।

हिन्दू र मुस्लिम समूदायबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको छ ।

प्रहरीको गोली लागी ज्यान गुमाएका सुरजकुमार

खबरहबसँगको कुराकानीमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको बताए ।

लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच बुधबार राति नै तनावको स्थिति सिर्जना भएको थियो ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन भनेर स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ०५ बजे

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा