लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा « Khabarhub

लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणका लाग्ने योजनासहित अघि बढ्ने बताएका छन् ।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले यसअघि पटक पटक अवसर पाउँदा सदुपयोग गर्न नसकेको बताएका छन् ।

सभापति थापालले आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणका लाग्ने योजनासहित अघि बढ्ने बताए।

उनले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको जानकारी दिए ।

इतिहासका विभिन्न घटनाहरूबाट प्रेरणा लिएर कांग्रेसले युवाहरूले चाहेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको थापालले बताए ।

उनले देश बनाउन सक्ने सबैभन्दा पुरानो पार्टी कांग्रेस नै भएकाले पार्टीका एजेण्डाहरू तल्लो तहसम्म लानुपर्नेमा जोड दिए।

नेपाललाई अहिले सुधार चाहिएकाले त्यसको ग्यारेन्टी लिएर आफूहरू चुनावमा होमिएको उनको भनाइ छ ।

उनले देश बनाउन सबै राजनीतिक दलहरूलाई मिलाएर लैजानुपर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने धारणा राखेका छन् ।

सभापति थापाले लोकतन्त्रलाई हाइज्याक हुने कुराबाट बचाउन, डेलिभरीका लागि र परिणामका लागि बदलिएर आएको कांग्रेस सक्षम रहेको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : ०८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा