धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ « Khabarhub

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै पनि संघीय राजधानी काठमाडौंसँग नजोडिएको बताएका छन्।

धनगढीमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पनि सुदूरपश्चिमका सडकसहितका कयौँ पूर्वाधार अलपत्र रहेको बताए ।

‘यहाँका कयौँ सडकदेखि अन्य विकासका पूर्वाधार वर्षौँदेखि अलपत्र देखेँ’, उनले भने, ‘अब ती अलपत्र बाटोसहितका विकासका काम ठेकेदारसहित सम्बन्धित पक्षलाई रुखमा बाँधेर हुन्छ कि खोरमा जाकेर हुन्छ बनाउनुपर्‍यो।’

बालेन्द्रले रास्वपा सरकारमा गएपछि सबैले हिँड्ने बाटो बनाउने पनि बताए । ‘रास्वपा सरकारमा गएपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सबै हिँड्ने पनि बाटो बनाउँछ । जनता हिँड्ने बाटो बनाउँछ’, उनले भने, ‘हाम्रो देशलाई हामी सुन्दर बनाउँछौँ, सुदूरपश्चिमलाई पनि विकासले जोडेर अझै सुन्दर बनाउँछौँ।’

उनले नेपाललाई नेपाल जस्तै बनाउनुपर्ने पनि बताए । ‘किन स्वीटजरल्यान्डका कुरा गर्ने, स्वीटरजल्यान्डको बाउ बडिमालिका यहीँ छ, स्वीटजरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ । खप्तड पनि यहीँ छ,’ उनले भने, ‘अब हामीले सुदूरपश्चिमको गीत काठमाडौंका चोक चोकमा बजाउने हो । त्यति भएपपछि मात्रै सुदूरपश्चिम काठमाडौंसँग जोडिन्छ।’

उनले अब सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउने बताए । ‘म धेरै बोल्ने मान्छे होइन । म भोट माग्न यहाँ होइन, म काम गर्न आएको हो’, उनले भने, ‘भोट दिनु भएन भने पनि रास्वपाले काम गर्नेछ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : २२ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा