गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने « Khabarhub

गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने पार्टीको नीति रहने बताएको छ । बुधबार जनकपुरमा आयोजित सभामा सार्वजनिक गरिएको कांग्रेसको भिजनमा सो कुरा उल्लेख गरिएको हो ।

‘हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन’, कांग्रेसको भिजनमा उल्लेख छ ।

साथै, कांग्रेसको भिजनमा शिक्षासँगै बालबालिकाको पोषणको जिम्मा पनि राज्यले लिने नीति अगाडि सारिएको छ ।

‘शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ’, भिजनमा उल्लेख छ ।

प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुने कांग्रेसको भिजनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : २५ बजे

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता