दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट : छ जनाको मृत्यु, १२ घाइते « Khabarhub

दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट : छ जनाको मृत्यु, १२ घाइते


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीको आवासीय भवनमा बिहीबार ग्यास चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । 

भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर  पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ । 

बालबालीकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ३२ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका