भदौ २३-२४ का घटनाबारे एमाले घोषणापत्रमा ओलीका प्रश्नैप्रश्न « Khabarhub

भदौ २३-२४ का घटनाबारे एमाले घोषणापत्रमा ओलीका प्रश्नैप्रश्न


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाबारे विभिन्न प्रश्न उठाएका छन् । पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भदौ २३ र २४ बारे १० वटा जति प्रश्न तेर्स्याएका छन् ।

‘आदरणीय मतदाता ! निर्वाचनको केही साताअघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ– सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा छ। जसरी आममतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरूप्रति प्रश्न छ, त्यसैगरी मेरा पनि केही प्रश्नहरू छन्’ ओलीले घोषणापत्रमा उल्लेख गरेका छन् ।

‘भदौ २३ गतेअघि देश बनिरहेको थियो कि बिग्रेको थियो ?’ घोषणापत्रमा ओलीको प्रश्न छ, ‘या देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिँदै थियो ?’

‘भदौ २३ गतेको जेन–जी प्रदर्शनमा कसले घुसपैठ गर्‍यो ?’ भन्दै ओली सोध्छन्, ‘आयोजकहरूका घोषित कार्यक्रम अनुसार शान्तिपूर्ण प्रदर्शन सकियो भन्दै घर फर्कन लागेका युवाहरूलाई निषेधित क्षेत्रतर्फ जान बाध्य कसले गर्‍यो ?’

‘भदौ २३ को घटना स्वतःस्फूर्त थियो कि तयारीसहितको षडयन्त्र ? या भदौ २४ को विध्वंशको लागि आधार तयार पार्न घुसपैठियाहरूले भड्‌काएको हिंसा ?’

‘जेन-जी प्रदर्शनकारीका सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा कुनै माग थिएनन् । हुँदै नभएको माग पुरा गरेझैँ प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ?’ घोषणापत्रमा ओलीले फेरि सोधेका छन् ।

‘त्यो आफूअनुकुल सरकार बनाउने वा चुनाव गराउने योजना मात्रै थियो भने व्यावसायिक प्रतिष्ठानहरू किन जलाइयो ? विचार मात्रै बोकेको कारण एकैसाथ पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका साधारण पार्टी समर्थक समेतको निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी किन गरियो ?’ घोषणापत्रमा अर्को प्रश्न तेर्स्याइएको छ ।

‘यदि त्यो राजनीतिक प्रतिशोध थियो भने आफ्नो कर्तव्य पालना गरिरहेका राज्यका सुरक्षाकर्मीमाथि आक्रमण किन गरियो ?’

घोषणापत्रमा यी प्रश्नहरु आफ्नो आन्तरिक कमजोरी लुकाउन अघि सारिएका षड्यन्त्रको सिद्धान्त नभइ संविधान, व्यवस्था र सार्वभौमसत्ताको रक्षाका लागि जवाफ खोज्नैपर्ने दाबी गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ४७ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड