देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली « Khabarhub

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन् ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको सङ्घर्ष भएको बताए। 

उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।” 

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख  गरे। 

‘निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,’ उनले भने। 

अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्याशित घटना नभई  नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताए। 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ५९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा