‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’ « Khabarhub

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् ।

बिहीबार पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैको जगमा मुलुकको आर्थिक विकास टिकेको बताए ।

तर अब पार्टीले समयानुकुल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नु पर्ने उनले बताएका छन् ।

‘०४६ सालपछि ०५१ सम्मको कांग्रेसले चलाएको सरकारकै बेला आर्थिक सुधारको दह्रो पाइला टेकिएको थियो’, उनले भने, ‘कांग्रेसले त्यसैको कारण लामो समय कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनु पर्‍यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिबारे नागरिकलाई बुझाउन सकेनौँ । आज पनि नेपालमा जेजति आएका छन्, त्यसको कथा खोज्दै गए ०५९ साल सुरू गरेकै योजनाको जगमा आएका छन् ।’

पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । ‘जननायक बीपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीयस्तर हुनु पर्छ भनेर सपना देख्नुभयो’, थापाले भने, ‘आज हामी हिजो गरेका उपलब्धिप्रति गौरव गर्छौँ । हाम्रा ऐतिहासिक मूल्य मान्यतालाई अझै उज्याले बनाउछौँ ।’

०३३ सालको त्यो अप्ठ्यारो दिनमा हातमा ७ वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनले बताए । सभापति थापाले भने,‘हाम्रा आफ्ना संघर्षका दिनहरू सम्झन्छौँ । तीस वर्षको पञ्चायती कालरात्रिमा एक पटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ ।’

मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनले दाबी गरेका छन्

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : ५६ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो