नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न « Khabarhub

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा  आगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागूऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ४ : ४५ बजे

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल