काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा शासन प्रणालीमै संरचनागत सुधार गर्ने प्रतिवद्धता जनाएको छ।
पार्टीले बिहीबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रलाई परम्परागत घोषणापत्र नभई ‘मासिक रिपोर्ट कार्ड’सहित कार्यान्वयन हुने दस्तावेजका रूपमा प्रस्तुत गरेको छ
कांग्रेसले सरकार गठन भएलगत्तै हरेक मन्त्रालयको स्पष्ट कार्यादेश निर्धारण गरी प्रत्येक महिना उपलब्धि सार्वजनिक गर्ने जनाएको छ । यसलाई संघदेखि स्थानीय तहसम्म संस्थागत गर्ने योजना पनि अघि सारेको छ।
संवैधानिक र कानुनी संरचनामा समेत सुधार आवश्यक रहेको औंल्याउँदै पार्टीले केही प्रावधान संशोधन गर्नुपर्ने बताएको छ । विशेषगरी संवैधानिक निकायको संरचना र कार्यसम्पादनमा देखिएका समस्यालाई सम्बोधन गर्न सूची नै तयार गरिसकेको उल्लेख छ ।
स्थानीय सरकार सुदृढीकरण, वित्तीय अधिकार विस्तार र संघ–प्रदेश–स्थानीय तहबीच समन्वय प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि प्रतिज्ञापत्रमा समेटिएको छ
कांग्रेसले आफूलाई ‘लोकतान्त्रिक शक्ति’ का रूपमा पुनःस्थापित गर्दै सत्ताका लागि मूल्य र सिद्धान्तसँग सम्झौता नगर्ने स्पष्ट गरेको छ ।













प्रतिक्रिया