शिक्षामा कांग्रेसको नीति : बजेटको २० प्रतिशत लगानी गर्ने, निजी शिक्षामा मौन « Khabarhub

शिक्षामा कांग्रेसको नीति : बजेटको २० प्रतिशत लगानी गर्ने, निजी शिक्षामा मौन


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्ने नीति लिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित घोषणापत्रमा कांग्रेसले सो नीति समावेश गरेको हो ।

‘सरकारी र सामुदायिक विद्यालयमा शिक्षक, पूर्वाधार, उपकरण आदि उपलब्ध गराउन हामी आवश्यक लगानीको व्यवस्था गर्छौं’, कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘विद्यालय शिक्षामा स्रोतको व्यवस्थापन गर्न एसडिजी मा नेपालले गरेको शिक्षामा बजेटको २० प्रतिशत राज्यको लगानी गर्ने प्रतिबद्धता पूरा गरेर सुनिश्चित गर्छौं ।’

विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने नीति कांग्रेसले लिएको छ । तर, कांग्रेसले झण्डै ३० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने निजी विद्यालयको नियमनको विषयमा भने घोषणापत्रमा मौनता प्रकट गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : ४८ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै