जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ « Khabarhub

जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरेको ‘प्रतिज्ञा’ नामक घोषणापत्रमा राजनीतिक रूपान्तरणलाई मुख्य प्राथमिकता दिएको छ।

गत भदौ २३-२४ को नवयुवा विद्रोहलाई सम्मान गर्दै पार्टीले आफूलाई पूर्ण रूपान्तरित घोषणा गरेको छ।

घोषणापत्रमा सुशासनलाई मूल आधार बनाइएको छ, जसअन्तर्गत भ्रष्टाचारको समूल अन्त्य, विधिको शासन र जवाफदेही राजनीतिलाई जोड दिइएको छ।

मुख्य प्रतिबद्धता

सुशासित नेपाल : पारदर्शी र प्रभावकारी शासन प्रणाली निर्माण, सार्वजनिक संस्थाको साख फर्काउने र युवाको राजनीतिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।

संघीयताको सबलीकरण : संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट, संघीयताको संस्थागत विकास र संविधानको समयानुकूल संशोधन।

लोकतन्त्रको रक्षा : विगतका उपलब्धिको स्वामित्व लिँदै कमजोरीबाट सिकेर संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

युवा र विद्रोहको सम्मान : नवयुवा विद्रोहका घटनाको छानबिन, पीडितलाई न्याय र जेन-जी पुस्तासँगको सम्झौता कार्यान्वयन।

कांग्रेसले विगतका आन्दोलनहरूको स्मरण गर्दै ‘बदलियो कांग्रेस: सम्हाल्छौं, परिवेश, बदल्छौं देश’ नारासहित राजनीतिक स्थिरता र समन्वयकारी भूमिकालाई जोड दिएको छ।

आर्थिक क्षेत्र

कांग्रेसको चुनावी घोषणापत्र ‘प्रतिज्ञा पत्र’ मा आर्थिक रूपान्तरणलाई मुख्य आधार बनाइएको छ।

उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। घोषणापत्रमा ५ वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना छ।

मुख्य प्रतिबद्धता

अर्थतन्त्र : निजी क्षेत्रलाई प्रोत्साहन, विदेशी लगानी आकर्षण र हरित अर्थतन्त्र प्रवर्धन। आर्थिक वृद्धिदर ७% माथि पुर्‍याउने लक्ष्य।

रोजगारी र सीप : युवालाई देशको मूल शक्ति मान्दै सिप विकास, वैदेशिक रोजगारीको सुरक्षित व्यवस्था र स्वदेश फर्केकालाई उद्यमशीलता सहयोग।

कृषि : किसानको आय दोब्बर बनाउने, सिँचाइ विस्तार र कृषि प्रशोधन उद्योग स्थापना। सहकारी र लघुवित्तको सुधार।

गरिबी निवारण र सामाजिक सुरक्षा: गरिबी दर १० प्रतिशतभन्दा तल झार्ने, योगदानमा आधारित सामाजिक सुरक्षा विस्तार र विपन्नलाई राहत।

पूर्वाधार : दिगो भौतिक पूर्वाधार, ऊर्जा उत्पादन दोब्बर (१० हजार मेगावाट) र पर्यटनलाई आर्थिक इन्जिन बनाउने।

कांग्रेसले आर्थिक असमानता घटाउँदै समुन्नत नेपाल निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको छ । जसमा पर्याप्त ऊर्जा, डिजिटल रूपान्तरण र पर्यटनलाई मुख्य इन्जिनका रूपमा उल्लेख छ। यो योजनाले आर्थिक स्थिरता र समृद्धिको आधार तयार पार्ने अपेक्षा गरिएको छ।

कूटनीतितिर

कांग्रेसले कूटनीतिक क्षेत्रलाई डायस्पोरा केन्द्रित बनाएको छ। ‘एक पटकको नेपाली सधैँको नेपाली’ नारासहित विदेशमा रहेका नेपालीको हक सुनिश्चित गर्दै आर्थिक कूटनीति र वैदेशिक रोजगारी सुधारलाई जोड दिइएको छ।

ब्रिटिश गोर्खा र सीमावर्ती परियोजनामा कूटनीतिक संवाद बढाउने प्रतिबद्धता छ।

प्रतिबद्धता

डायस्पोरा : गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, मतदान अधिकार र पैतृक सम्पत्ति सुरक्षा। दोस्रो पुस्तासँगको सम्बन्ध सुदृढ गर्न ‘ज्ञान र नवप्रवर्तन केन्द्र’ स्थापना।

वैदेशिक रोजगारी : सुरक्षित र सम्मानजनक रोजगारी, दक्षता विकास र स्वदेश फर्केकालाई पुनर्स्थापना। दूतावासमार्फत श्रमिक हक संरक्षण।

अन्तर्राष्ट्रिय कूटनीति : ब्रिटिश गोर्खाको हक लागि बेलायतसँग संवाद, नदी नियन्त्रण परियोजनामा छिमेकीसँग सहकार्य। जलवायु परिवर्तनमा हिमालय क्षेत्रीय नेतृत्व र दोहोरो कर अन्त्यका लागि द्विपक्षीय सम्झौता।

आर्थिक कूटनीति : डायस्पोरामार्फत लगानी आकर्षण, प्रविधि हस्तान्तरण र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण। ‘गैरआवासीय नेपाली परोपकारी कोष’ स्थापना।

कांग्रेसले डायस्पोरालाई ‘विस्तारित नेपाल’ मानेर कूटनीतिलाई आर्थिक रूपान्तरणसँग जोडेको छ, जसले वैदेशिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा छ।

कांग्रेसले सामाजिक क्षेत्रलाई समावेशी र न्यायपूर्ण बनाउने योजना ल्याएको छ। स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र समावेशी विकासलाई मुख्य आधार बनाइएको छ । जसमा महिला, दलित, आदिवासी र सीमान्तकृत समुदायको सशक्तीकरणलाई प्राथमिकता दिइएको छ।

स्वास्थ्य : सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य निःशुल्क र स्वास्थ्य बिमा विस्तार। अस्पताल पूर्वाधार विकास र जनस्वास्थ्य कार्यक्रम।

शिक्षा : गुणस्तरीय र समावेशी शिक्षा, प्राविधिक शिक्षाको विस्तार र डिजिटल साक्षरता। विद्यालयमा सिप विकास कार्यक्रम।

समावेशी विकास : सामाजिक न्याय, महिला सशक्तीकरण र सीमान्तकृत समुदायको प्रतिनिधित्व। अपाङ्गता भएकाका लागि विशेष सुविधा।

सामाजिक सुरक्षा : योगदानमा आधारित सुरक्षा प्रणाली विस्तार, वृद्धभत्ता वृद्धि र विपद् समयमा द्रुत राहत। यो क्षेत्रले सामाजिक असमानता घटाउने र समावेशी समाज निर्माण गर्ने लक्ष्य राखेको छ।

पर्यावरण र दिगो विकास

कांग्रेसको पर्यावरणीय प्रतिज्ञामा जलवायु परिवर्तनविरुद्ध हरित विकास, वातावरण संरक्षणमा अभूतपूर्व योजना अघि बढाउने जनाएको छ ।

‘प्रतिज्ञा’ मा पर्यावरण संरक्षण र जलवायु परिवर्तनलाई मुख्य चुनौती मानेर हरित विकासलाई जोड दिइएको छ। नेट-जिरो उत्सर्जन लक्ष्य र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

प्रतिबद्धता

वातावरण संरक्षण : वन क्षेत्र ४६% कायम, प्रदूषण नियन्त्रण र स्वच्छ ऊर्जा प्रवर्धन। प्लास्टिक प्रदूषण अन्त्य।

जलवायु परिवर्तन : अनुकूलन योजना, हरित रोजगारी र अन्तर्राष्ट्रिय वित्त प्राप्ति। हिमालय क्षेत्रीय कूटनीति।

विपद् व्यवस्थापन : पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती विकास र जोखिम न्यूनीकरण।

प्राकृतिक स्रोत : भूमि उपयोग योजना, सिँचाइ विस्तार र जैविक विविधता संरक्षण।

सांस्कृतिक क्षेत्र

कांग्रेसले सांस्कृतिक क्षेत्रत्रमा सभ्यता र संस्कृति संरक्षण, खेलकुद र डिजिटल रूपान्तरणमा जोड दिएको छ।

घोषणापत्रमा सांस्कृतिक पहिचान, खेलकुद र डिजिटल रूपान्तरणलाई महत्व दिइएको छ। ‘समावेशी, सुरक्षित र डिजिटल नेपाल’ निर्माण गर्ने लक्ष्य यसमा छ।

प्रतिबद्धता

सभ्यता र संस्कृति : सांस्कृतिक धरोहर संरक्षण, विविधता प्रवर्धन र सांस्कृतिक पर्यटन विकास।

खेलकुद : खेल पूर्वाधार, खेलाडी प्रोत्साहन र राष्ट्रिय खेल नीति।

डिजिटल रूपान्तरण : डिजिटल नेपाल, साइबर सुरक्षा र ई-गभर्नेन्स। सूचना प्रविधिमा १ लाख रोजगारी।

पर्यटन : पर्यटन पूर्वाधार, साहसिक पर्यटन र डायस्पोरासँग जोडेर आर्थिक योगदान।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ६ : १२ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना