एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार « Khabarhub

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’ मा भारतका केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीको नाम उल्लेख भएपछि भारतीय संसद्‌मा राजनीतिक तरंग पैदा भएको छ।

विपक्षी सांसदहरूले संसद् भवन परिसरको मकर द्वार बाहिर प्रदर्शन गर्दै मन्त्री पुरीको राजीनामा माग गरेका छन्। उनीहरूले यौन अपराधी जेफ्री एपस्टीनसँग इमेल आदान–प्रदान भएको तथ्य सार्वजनिक भएपछि नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

सार्वजनिक कागजातअनुसार सन् २०१४ र २०१५ बीच हरदीप सिंह पुरी र एपस्टीनबीच इमेलमार्फत धेरै पटक संवाद भएको देखिएको छ। यसले नयाँ विवाद जन्माएको छ, किनकि एपस्टीनलाई सन् २००८ मै यौन अपराधसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको थियो।

यस विषयमा प्रतिक्रिया दिँदै मन्त्री पुरीले आफ्नो एपस्टीनका आपराधिक गतिविधिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। उनले इमेल सम्पर्क सामान्य प्रकृतिको रहेको र कुनै अवैध गतिविधिसँग जोडिएको नभएको दाबी गरेका छन्।

अमेरिकी न्याय विभागले सार्वजनिक गरेको दस्तावेजबारे थप विवरणहरू क्रमशः बाहिर आउने क्रम जारी रहेको छ। विपक्षले भने सम्पूर्ण तथ्य सार्वजनिक गरी पारदर्शी छानबिन हुनुपर्ने माग दोहोर्‍याएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ४६ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत