बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना « Khabarhub

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको राजनीति फेरि तातेको छ। मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारमा सल्लाहकार रहेका नाहिद स्लामले नयाँ सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

नेशनल सिटिजन पार्टीका संयोजक इस्लामले अवामी लीगले देशका विभिन्न जिल्लामा आफ्ना कार्यालय पुनः सञ्चालनमा ल्याएको विषयलाई लिएर सरकारको भूमिकामाथि शंका व्यक्त गरेका हुन्। उनका अनुसार प्रधानमन्त्री रहमानको स्वीकृति बिना यस्तो गतिविधि सम्भव नहुने दाबी गरे।

इस्लामले हालै सम्पन्न निर्वाचनमा भारत, अवामी लीग र बीएनपीबीच कुनै प्रकारको सहमति वा मिलेमतो भएको आशंका समेत व्यक्त गरे। उनले अवामी लीगको राजनीतिक पुनर्स्थापनाको प्रयास कडा रूपमा प्रतिवाद गरिने चेतावनी दिए।

ढाकास्थित पार्टीको अस्थायी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रशासनसँग तत्काल जवाफदेहिता माग गर्दै कार्यालयहरू पुनः बन्द नगरे राजनीतिक प्रतिरोधका कार्यक्रम घोषणा गर्ने बताए। साथै, ‘फासीवादी शक्तिहरूलाई पुनः जमिन दिन खोजिएको’ भन्दै सरकारलाई समेत जिम्मेवार ठहराइने उनको भनाइ छ।

नयाँ सरकार गठनसँगै सुरु भएको आरोप–प्रत्यारोपले बांग्लादेशको राजनीतिक वातावरण पुनः अस्थिर बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ९ : ५५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै