रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा « Khabarhub

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको चुनावी सभा स्थगित गरेको छ।

यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

उक्त स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो । तर विशेष कारणले ती दुवै स्थानको सभा हाललाई स्थगित गरिएको रावलले बताइन् । तर उनले के कारणले ती दुई स्थानको सभा स्थगित गरिएको हो खुलाएकी छैनन् ।

बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। सुर्खेतको चुनावी सभामा सहभागी भएपछि रास्वपा वरिष्ठ नेता साह बिरामी भएर काठमाडौं फर्किएका छन् ।

उता सभापति लामिछाने भने सुर्खेतबाट बाँके हुँदै दाङतिर चुनावी अभियान लिएर पुगेका छन् । उनी बिहीबार राति दाङको तुलसीपुरमा पुगेका थिए ।

त्यहाँ सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाएपछि तनाव भइरहहेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १२ : ४७ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई