वायुसेनालाई अत्याधुनिक बनाउन फ्रान्सेली कम्पनीसँग रणनीतिक निकटता बढाउँदै भारत « Khabarhub

वायुसेनालाई अत्याधुनिक बनाउन फ्रान्सेली कम्पनीसँग रणनीतिक निकटता बढाउँदै भारत


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय वायुसेनालाई अत्याधुनिक बनाउने लक्ष्यका साथ भारतले फ्रान्सेली कम्पनी दसउसँग रणनीतिक निकटता बढाएको छ ।

मेक इन इन्डिया कार्यक्रमलाई विशेष जोड दिँदै फ्रान्सेली कम्पनी दसउले भारतमै मर्मत–सम्भार र ओभरहल एमआरओ सुविधा केन्द्र स्थापना गर्ने भएको छ । यसले भारतीय वायुसेनाका विमानहरू मात्र नभई अन्य देशका राफेल अपरेटरहरूलाई पनि सेवा दिने अपेक्षा गरिएको छ ।

हाल भारतीय वायुसेनामा लडाकु विमानका ४२ स्क्वाड्रन हुनुपर्नेमा घटेर ३० को हाराहारीमा पुगेका छन् । यो अभावलाई पूर्ति गर्न पनि दसउको भूमिका महत्वपूर्ण मानिएको छ । विज्ञहरूका अनुसार यो सम्झौता केवल विमान खरिदमा मात्र सीमित छैन ।

यसले भारतको हवाई उद्योगको सीप बढाउने, स्थानीय आपूर्ति सञ्जाललाई बलियो बनाउने र भविष्यमा निर्यातको सम्भावनालाई समेत खुला गर्नेछ । यद्यपि, ठूलो परिमाणमा उत्पादन गर्दा गुणस्तर कायम राख्नु र लागत नियन्त्रण गर्नु भारतका लागि चुनौती हुनसक्छ ।

यो पहललाई रणनीतिक स्वायत्तता हासिल गर्ने भारतको लक्ष्यमा महत्त्वपूर्ण पाइला मानिएको छ । फ्रान्ससँगको सहकार्यले वायुसेनालाई शक्तिशाली बनाउनुका साथै भारतलाई रक्षा उत्पादनमा आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : ५२ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक