एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ « Khabarhub

एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहराका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा भएको उक्त घटनामा सङ्लग्न दाङ तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको तथा उक्त घटनाले सामाजिक सद्भावमा खलल पुर्‍याउने भएकोले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ३० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा