आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ९ गते शनिबार फागुन शुक्ल पक्षको चतुर्थी तिथि । अन्तर्राष्ट्रिय मातृभाषा दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी २१ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य छ । सम्पत्ति प्राप्त भए पनि इज्जतमा दाग लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ । रोजगारीका विकल्प स्वदेशमै भेटिने छन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : तपाईंकै बोलीका कारण राम्रो काम बन्नेछ । आज तयार पारेका योजना दीर्घकालसम्म रहनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अभिभावकको साथ लिएर अगाडि बढेमा अधुरा काम बन्नेछन् ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ । शिक्षामा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा गरेको मिहिनेत सफल बन्दा मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ । यात्रामा जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ । केही दान गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

सिंह : एक्लो भएको महसुस हुनेछ । साथीसँग मनको कुरा भन्नु राम्रो हुन्छ । परिवारसँग सल्लाह गरेर सुरु गरेको काम सफल बन्नेछ। खानपानामा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ ।

कन्या : दिन सहज छ । कृषिको क्षेत्रबाट लाभ हुनेछ । समाजमा तपाईंको प्रस्ताव पारित हुने भएकाले सामूहिक निर्णय लिनु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : बोल्दा सचेत बन्नुपर्ने दिन छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यले साथ दिए पनि मन अशान्त हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर होला ।

धनु : नसोचेको अवसर प्राप्त हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शनिदेवको प्रभावले मनमा झन्झट आइपर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ ।

मकर : शुभग्रहको बहुमत रहेकाले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ । साथीबाट साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको मिहिनेतको प्रतिफल राम्रो हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कुम्भ : स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्रमा फाइदा मिल्ने योग छ । शिक्षामा अल्छीपनले घाटा हुनेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । परिवारको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

मीन : थोरै बोलेर काम गर्नु उचित हुनेछ । महत्त्वपूर्ण काम गर्नुपर्ने दिन छ । सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ५ : ४६ बजे

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे