काठमाडौं- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भारतको भ्रमण गर्ने भएका छन् । ओन्टारियो प्रान्तका आर्थिक विकासमन्त्री भिक्टर फेडेलीका अनुसार कार्नी मार्च १ र २ मा भारत भ्रमणमा रहनेछन् ।
भारत भ्रमणका क्रममा कार्नीले वृहद आर्थिक साझेदारी सम्झौताको खाकाबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्ने रोयटर्सले जनाएको छ । यसअघि गत नोभेम्बर महिनामा जी२० शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्ताका क्रममा मोदी र कार्नीबीच व्यापार सम्झौताबारे वार्ता अघि बढाउने सहमति भएको थियो । दुई देशले द्विपक्षीय व्यापारलाई सन् २०३० सम्म ५० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेका छन् ।
पछिल्लो समय सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकासँगको सम्बन्धमा तनाव उत्पन्न भएपछि क्यानाडाले नयाँ विकल्पको खोजी गरिरहेका बेला कार्नीले भारत भ्रमण गर्न लागेका हुन् ।
कार्नीको भ्रमणले पूर्ववर्ती प्रधानमन्त्री जस्टिन ट्रुडोको पालामा चिसिएको दुई मुलुकबीचको सम्बन्धमा पनि सधार आउने अपेक्षा गरिएको छ । सन् २०२३ मा क्यानाडामा शिखर पृथकतावादी नेताको हत्या भएपछि क्यानाडा र भारतबीचको सम्बन्ध चिसिएको थियो ।













प्रतिक्रिया