अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ « Khabarhub

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा १५ प्रतिशत विश्वव्यापी भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। त्यहाँको सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले ट्यारिफ १५ प्रतिशत बढाउने निर्णय गरेका हुन् ।

अदालतले उनको अघिल्लो आयात कर सम्बन्धी निर्णयलाई खारेज गरेपछि ट्रम्पले थप आक्रामक हुँदै करको दर बढाउने निर्णय गरेका हुन्।

ट्रम्पले सुरुमा शुक्रबार अदालतले खारेज गरेको करको सट्टा १० प्रतिशत मात्र महसुल लगाउने बताएका थिए। तर, शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उनले यो दरलाई बढाएर अधिकतम १५ प्रतिशत पुर्‍याउने जानकारी दिए। यो वृद्धि दुर्लभ रूपमा प्रयोग हुने एक व्यापार कानुन अन्तर्गत गरिएको हो।

नयाँ कानुनी प्रावधान अनुसार ट्रम्प प्रशासनले संसद्को स्वीकृति बिना नै यी शुल्कहरू करिब पाँच महिनासम्म लागू गर्न सक्नेछ। यो नयाँ दर मंगलबारदेखि नै लागू हुने छ।

ट्रम्पको यो पछिल्लो निर्णयले बेलायत र अष्ट्रेलिया जस्ता मुलुकलाई अन्योलमा पारेको छ। यी देशले यसअघि नै अमेरिकासँग १० प्रतिशत भन्सार शुल्कमा सहमति जनाएका थिए। अब १५ प्रतिशतको नयाँ दरले ती सम्झौतामाथि प्रश्न उठेको छ ।

त्यहाँको सर्वोच्च अदालतले थपकर लगाउनु राष्ट्रपतिको अधिकार क्षेत्र बाहिरको कुरा भएको ठहर गरेको थियो। अदालतको फैसलालाई ट्रम्पले हास्यास्पद र अमेरिका विरोधी भन्दै कडा टिप्पणी गर्दै आएका छन् । उनले आफ्नो नीतिको विपक्षमा उभिने न्यायाधीशलाई ‘मूर्ख’को संज्ञा समेत दिएका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली