मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत « Khabarhub

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मध्यपुरथिमि क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले तीन वर्षदेखि रोकिएको विकासका कामलाई अगाडि बढाउने बताए ।

मध्यपरथिमि नगरपालिकाको मेयरमा एमालेले विजयी गरेपश्चात यहाँको कला, संस्कृति, ऐतिहासिक धरोहर र सम्पदाको संरक्षण, पुनर्निर्माण गरि यहाँको जनताको सम्पत्तिसँग, आयआर्जन र रोजगारीसँग जोड्ने कार्य उनले गरेको स्मरण गरे ।

तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले प्रदेश र संघीय सरकारसंगको समन्वयमा यहाँको कला, संस्कृति र सम्पदालाई उद्योगसँग जोड्ने सुरुवात गरेको उनलले बताए ।

भूकम्पमा भत्किएका सम्पूर्ण भैतिक तथा अभौतिक सम्पदा पुनर्निर्माण गर्न तत्कालीन सरकारले यहाँ एक अर्ब बजेट छुट्याएको उनले बताए ।

यहाँको कला, सम्पदा र संस्कृति जोगाउन त्यो बजेट खर्चिएको बताउदै उनले नगरपालिकाले पनि मूल श्रोतलाई केन्द्रीकृत गर्दै दूध पोखरी र कमल पोखरी जस्ता सम्पदा, फल्चा, मन्दिरलगायत संरक्षण गरेको बताए ।

उनले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धा भएको बताउदै देश जलाउनेहरू अनेक नाटक गरेर मतदातामाझ आइरहेकाले त्यस्तालाई चिन्नु पर्ने उनले उल्लेख गरे।

एमालले उम्मेदवार बस्नेतले भने, ‘मतदान गर्नुअगाडि देश जलाउनेलाई तपाईंहरूले चिन्नुपर्छ, सिक्किमकरण गर्न चाहनेलाई चिन्नुपर्छ, विदेशी मतियालाई चिन्नुपर्छ, यो देशलाई युक्रेन बनाउन खोज्नेलाई चिन्नुपर्छ, यो देशका जेलेन्स्की, लोन्डुप दोर्जे र लुसिफरहरूलाई चिन्नुपर्छ ।’

एमालेले देशको अहित नगर्ने उनले बताए । ‘एमालेले राष्ट्रियता जोगाउँछ, सार्वभौम सत्ता जोगाउँछ, एमालेले नाकाबन्दीको सामना गर्छ । एमालेले सिमाना जोगाउँछ, चुच्चे नक्सा ल्याउँछ, एमालेले हिन्द महासागरबाट व्यापार गर्न चीनसँग सम्झौता गरेर प्रशान्त महासागरसम्म पुर्‍याउँछ’, उनले भने, ‘एमालेले लोकतन्त्र बलिाये बनाउँछ, सविधानवाद बलियो बनाउँछ, प्रेस स्वतन्त्रता बलियो बनाउँछ, समृद्धि र विकास दिन्छ, रोजगारी दिन्छ, त्यसैले एमालेलाई शदेखि विदेशी शक्तिलेसमेत घेराबन्दीमा गरेका छन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  २ : ०७ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा