लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन् « Khabarhub

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीसहित मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

रूपन्देही क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले २०८४ को निर्वाचन ०८२ मा गरेर मात्रै मुलुकको समस्या हल नहुने पनि टिप्पणी गरेका छन्। उनले फागुन २१ गतेको निर्वाचनपछि सवैपक्षलाई मिलाएर नवीनतम् समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने बताएका छन् ।

झापा ३ बाट उम्मेदवार रहेका उनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नव युवा पुस्ताबीच नवीनतम सम्झौता हुनुपर्नेमा राप्रपाले जोड दिए पनि कसैले नसुनेको गुनासो गरे ।

अध्यक्ष लिङ्देनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्न दबाब पुग्ने किसिमले मतदान गर्न पनि मतदातालाई आग्रह गरे ।

उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेर मात्रै आफ्नो मत सदुपयोग गर्न पनि उनले भनेका छन् ।

अध्यक्ष लिङ्देनले निर्वाचनपछि बलियो शक्ति भएर नवीनतम् समझदारी दिने अवस्था सिर्जना गरिने पनि उल्लेख गरे । रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल चुनावी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  २ : १३ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा