नेप्से परिसूचक २७ अङ्कले घट्यो « Khabarhub

नेप्से परिसूचक २७ अङ्कले घट्यो


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।

आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सबै समूहको उपसूचक आज रातो देखिएको छ । बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ रुपैयाँ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ३ : ५८ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग