डढेलोको उच्च जोखिममा चितवन « Khabarhub

डढेलोको उच्च जोखिममा चितवन


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार डढेलोको जोखिममा रहेका जिल्लामध्ये चितवन १० वटाभित्र पर्ने र गर्मी बढेसँगै जोखिम बढेको बताए । मुख्यतः फागुनदेखि जेठसम्म डढेलोको जोखिम रहने गरेको छ ।

“बरण्डाभार क्षेत्रमा माइकेनियालगायत झाडीले ढाकेको र गर्मी समयमा यो झार चाँडो सुक्ने भएकाले ढडेलोको सम्भावना बढेको हो । योसँगै सालका पातहरु झरेर सुक्ने हुँदा पनि डढेलोको जोखिम बढेको छ”, उनले भने, “यसलाई नियन्त्रणका लागि अग्निरेखा निर्माण, समुदायमा सचेतना फैलाउने, सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि तयारी रहन आग्रह गर्ने जस्ता काम भइरहेका छन् ।”

सूचना अधिकारी पौडेलका अनुसार कार्यालय मातहतका सामुदायिक वन, कबुलियती वन र धार्मिक वनमा अग्निरेखा निर्माणको काम सुरु गरिएको छ भने सडक आसपासका झाडी सरसफाइ, अग्नि नियन्त्रणका सामग्री खरिद गर्नेलगायत काम गरिएका छन् । हाल कार्यालयसँग चार हजार लिटरको वाटर ट्याङ्क जोडिएको ट्याक्टरमा, आगो निभाउन प्रयोग हुने अन्य सामग्री तयारी अवस्थामा राखिएका छन् ।

यस्तै, सबडिभिजन स्तरमा वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने र परिचालन गर्नेलगायत काम भइरहेका छन् । अग्नि नियन्त्रणका लागि आमसञ्चार माध्यमबाट सूचना प्रवाह र जनतालाई सु–सूचित गर्ने कामहरु पनि भइरहेका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

यस कार्यालयअन्तर्गत १० हजार ३०२ हेक्टर क्षेत्रफलमा पूर्व पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न ठाउँ जाने सडक पर्ने भएकाले ती क्षेत्र आवतजावत गर्ने व्यक्तिले चुरोटको ठुटा ननिभाइ फाल्दिने, राम्रो घाँस पलाउँछ भन्दै डढेलो लगाई दिनेजस्ता कार्यले डढेलोको जोखिम हुने गरेको उनले बताए ।

आसन्न प्रतिनिधिसभा निर्वाचनपछि अग्नि नियन्त्रणका लागि अग्नि हेरालु नियुक्ति गरी खटाउने, कार्यालयमा रहेका वनरक्षकलाई परिचालन गर्नेलगायत काम तीव्र पारिने पौडेलले बताउनुभयो । कार्यालय मातहतमा ९३ वटा सामुदायिक वन, चार सय वटा कबुलियती वन र सातवटा धार्मिक वन रहेका छन् । ती वनमा समेत डढेलो लाग्न नदिन सचेतना फैलाउने र डढेलो नियन्त्रणका लागि तयारी रहन आग्रह गरिएको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ८ : ३४ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ