भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट « Khabarhub

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको भारतले खराब सुरुवात गरेको छ । पावर प्लेको खेल सकिँदा भारतले तीन विकेट गुमाएर ३१ रन बनाएको छ ।

भारतका अभिषेक शर्मा १२ बलमा १५ रन बनाएर आउट भए । यस्तै इशान किसन शुन्य रनमा नै आउट हुँदा तिलक बर्माले एक रन मात्र बनाउन सके । अहिले कप्तान सूर्यकुमार यादव र वासिङ्टन सुन्दर क्रिजमा छन् ।

यसअघि भारतको नरेन्द्र मोदी स्टेडियमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको बनाए । ४५ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डेवाल्ड ब्रेभिस ४५, ट्रिस्टन स्टब्स ४४ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतमा लागि जसप्रित बुमराहले ३ विकेट लिए । चार ओभर बलिङ गरेको उनले मात्रै १५ रन खर्चिए । अर्शदीप सिंहले २ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम दुवेको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ५६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर