धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो « Khabarhub

धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ।

सोबार बिहानको राति करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।

रातिको दुर्घटना भएकोले उद्धार कार्यमा कठिनाइ भएको छ । मृतकको पहिचान हुन नसके पनि चार महिला र १३ पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४५ जना सवार रहेको प्रहरीले बताएको छ । सडकको बीचबीचमा चढेका यात्रुको विवरण भने खुल्न सकेको छैन ।
दुर्घटनाग्रस्त बस त्रिशूली नदीमा खसेकाले उद्धार कार्यमा समस्या भएको सुरक्षा अधिकारीले बताएका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : १८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स