चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस « Khabarhub

धादिङ दुर्घटना अपडेट

चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना भएको बसले पोखरादेखि चालक र कर्मचारीसहित ३७ यात्रु लिएर छुटेको खुलेको छ । बसमा ३४ जना यात्रु र अन्य चालक र कर्मचारी रहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।

“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने । बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ५७ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।