चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए « Khabarhub

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका दोलखाका नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् ।

आज बिहान दोलखामा आयोजित पुनर्मिलन कार्यक्रममार्फत  भण्डारी औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । उनीसँगै उनकी श्रीमती कल्पना भण्डारी र भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ता बस्नेत पनि एमालेमा फर्किएका छन् ।

कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसीलगायत पुराना नेताहरूको उपस्थिति रहेको थियो।

पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्ताले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी)मा सक्रिय भएका थिए । पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको उनले बताए । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ०४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स