पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने  « Khabarhub

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना डेडलाइनसहित सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार सार्वजनिक गरेको वाचापत्रमा उनले उक्त विषय उल्लेख गरेका हुन् ।

‘विभिन्न कारणले अधुरा रहेका योजनाहरूलाई डेडलाइन सहित समयमै सम्पन्न गर्ने सुनिश्चितता गरिनेछ,’ वाचापत्रमा उल्लेख छ । 

निर्माण सम्पन्नपछि पनि सञ्चालनमा आउन नसकेको दमक भ्युटावर सञ्चालनमा ल्याउने उनको वाचा छ । 

‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरू उच्चतम् नागरिक उपयोगिता हुने गरि सञ्चालनमा ल्याइनेछ,’ पत्रमा लेखिएको छ ।  

उक्त टावर डेढ अर्ब खर्च गरेर गत वर्ष निर्माण सम्पन्न गरिएपनि सञ्चालनमा आउन सकेको छैन । उक्त टावर निर्माणका लागि पूर्वप्रधानमन्त्री तथा झापा–५ का एमाले उम्मेदवार केपी ओलीले पहल गरेका थिए । 

उपयोगिता यकिन नगरी टावर निर्माण गरेकोमा उनको अहिले आलोचना समेत हुने गरेको छ । दमकलाई पूर्वी नेपालको आइ.टी.हव. बनाउन आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था गर्ने उनले उल्लेख गरेका छन् । 

यस्तै दमक–रवि–चिसापानी सडक, स्थानीय पहिचान झल्कने रगंशाला, विराट बुद्ध पार्क, तटबन्ध लगायत निर्माण गर्ने उनले पत्रमा उल्लेख गरेका छन् । 

‘विराठ बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने, रतुवा खोला, तथा सहायक खोला, खहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने, ग्रामीण सडक, लिंक रोड र पुल स्तरोन्नति गरी यातायात समय र ढुवानी लागत घटाउँदै समग्र कनेक्टिभिटी सुदृढ गरिनेछ,’ उल्लेख छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : २६ बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका